Wednesday, August 5, 2026

बारामा १० किलो लागुऔषध चरेश​सहित दुई जना पक्राउ

कलैया,२० असार । सशस्त्र प्रहरीले १० किलो लागुऔषध चरेश​सहित २ जना भारतिय नागरीकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वा बाट खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको १० किलो २३० ग्राम लागुऔषध चरेश​सहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार प्रान्तको मोतिहारी जिल्ला थाना आदापुर बेलवा बस्ने १८ वर्षिय मनिष कुमार र रामपुर बस्ने २१ वर्षिय भरत साह रहेका छन्।

सशस्त्र प्रहरी नायब उपरिक्षक भवराज कटुवालको कमाण्डमा खटिएको टोलीले कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वा स्थित शनिचरा मठ ईलाकामा एसपी १२५ डिसी नम्बरको भारतीय मोटरसाइकललाई रोकि चेकजाँच गर्ने क्रममा हेल्मेट र मोटरसाइकलको सिट भित्र लुकाएको अवस्थामा बरामद गरेको थियो।

पक्राउ परेका दुबै जनालाई सशक्त प्रहरी बल,‌नेपाल नं १२ गण हेडक्वाटरमा पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर