Wednesday, August 5, 2026

बारामा बस दुर्घटना : १७ जना घाइते,३ जनाको अवस्था गम्भीर

बारा,१ साउन । बारामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

जीतपुरसिमरा उप-महानगरपालिका वडा नम्बर २३ भलुही स्थित नोबेल स्टाईल प्रा.लि. अगाडी भैरहवादेखि बिरगंजतर्फ आउदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर पल्टिदा बसमा सवार २२ जना यात्रुहरु मध्ये १७ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर,७ जना अवस्था मध्यम र ७ जना अवस्था सामान्य रहेको बाराका प्रहरी प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उक्त बस दुर्घटनामा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी ३३ वर्षीय शंकर गुरूङको टाउकोमा चोट,हाल नाम थर वतन नखुलेको अन्दाजी २४ वर्षीय पुरूषको अनुहारमा चोट,कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसर बस्ने अन्दाजी २१ वर्षीय कन्हैया गुप्ताको कान,अनुहार,शरिरमा चोट लागि अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै चितवनको कालिका गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ५५ वर्षीय तिलक भट्टाराईको अनहार र छातिमा चोट,मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने अन्दाजी ३५ वर्षीय सागर गोलेको अनुहारमा चोट,सोही ठाउँमा बस्ने अन्दाजी ३० वर्षीय अमिर थापाको कानमा चोट, पर्साकोबिरगंज महानगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ५० वर्षीय दिपेन्द्र कुमार गुप्ताको पाखुरा र कन्चटमा चोट,सोही पालिकाको १५ बस्ने अन्दाजी ४२ वर्षीय बिक्रम राना मगरको हात र गालामा चोट, महागढीमाई नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी १८ वर्षीय सर्वजित रामको छाती र कमरमा चोट र देश भारतको रक्सौल बस्ने अन्दाजी १८ वर्षीय साहिद अंसारीको निधारमा चोट लागि अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने अन्दाजी ३३ वर्षकी जानुका ढुङगानाको हातमा चोट,मकवानपुरको हेटौडा उप-महानगरपालिका वडा नम्बर ०९ बस्ने अन्दाजी ५३ वर्षकी गौरी श्रेष्ठको अनुहारमा चोट,पर्साको बिरगंज महानगरपालिका वडा नम्बर ६ माई स्थान बस्ने अन्दाजी १८ वर्षीय स्वयव अंसारीको कन्चटमा चोट,मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने अन्दाजी २५ वर्षीय सुमन लामा को कानमा चोट, मकवानपुरको हेटौडा उपमहानगरपालिका ८ बस्ने अन्दाजी ३९ वर्षकी सरस्वती काफले अनुहार चोट लागि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ भण्डारा बस्ने अन्दाजी ३० वर्षीय सागर न्यौपानेलाई नियन्त्रणमा लिएको छ ।

घाईते भएका यात्रुहरुलाई उपचारका लागी बयोधा अस्पताल बिरगंज पठाइएको र बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रवक्ता न्यौपानेले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर