26.4 C
Kalaiya

Monday, September 15, 2025
spot_img
26.4 C
Kalaiya
Monday, September 15, 2025

सवारी दुर्घटनामा परी दुई महिलाको मृत्यु, १४ जना घाइते

spot_img
spot_img

कलैया, ०५ वैशाख । मकवानपुरमा सवारी दुर्घटनामा परी दुई महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन। मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्ती लोकपथमा बा.प्र ०१-००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी राति करिब १ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement

उक्त गाडी सडकबाट झण्डै २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी रौतहटको दुर्गाभवानी गाउँपालिका-५ की ५० वर्षीया निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका-७ की १३ वर्षीया मानुसी मगरको मृत्यु भएको हो । उक्त गाडीमा चालकसहित १६ जना सवार थिए । घाइतेहरूको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

गाडी चालक सर्लाहीको बागमती गाउँपालिका-५ का २९ वर्षीया कमल बहादुर दर्लामी टाउकोमा चोट लागेको छ भने घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर