Sunday, August 9, 2026

प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि शिक्षक महासंघले बोलायो बैठक

कलैया, ०६ वैशाख । नेपाल शिक्षक महासंघको बैठक आज बस्दै छ। बैठक आज दिउँसो ३:१५ बजे बानेश्वरस्थित रत्नराज्य माविको प्राङ्गणमा बस्ने छ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक र कर्मचारीहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन। हिजो मात्रै शिक्षक महासंघको प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छलफल गरेको थियो।

छलफल पछि आज महासंघले बैठक बोलाएको हो। बैठकमा राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष तथा महासचिवहरू, प्रदेश र जिल्ला आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक तथा सचिवहरू सहभागी हुनेमहासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर