27.9 C
Kalaiya

Monday, September 15, 2025
spot_img
27.9 C
Kalaiya
Monday, September 15, 2025

ताप्लेजुङ दुर्घटनाका मृतक ४ जनाको परिचय खुल्यो

spot_img
spot_img

कलैया, ८ वैशाख । ताप्लेजुङमा बोलेरो जिपमा करेन्ट लागेर आगलागी हुँदा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ। पाथीभरा मन्दिरतर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सोमबार बिहान बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिँदा गाडीमा आगलागी भएको थियो।

Advertisement

उक्त आगलागीमा परी ४ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । मृत्यु हुनेमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका-१० निवासी ४२ वर्षीय दुर्गा भट्टराई रहेको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर