Monday, August 10, 2026

बारामा एक युवकद्वारा आत्महत्या

कलैया ,०८ वैशाख । बारामा एक युवकले आत्महत्या गरेका छन । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन निवासी श्याम प्रसाद महत्तोको छोरा २२ बर्षिय नितेश कुमार महत्तोले आत्महत्या गरेका हुन ।

आत्महत्या गर्नु अघि त्यि युवकले भिडियो बनाएका थिए। उनले उक्त भिडियो आफ्नो फेसबुकमा गए राति (सोमबार बिहान करिब ३ बजे) को समयमा पोष्ट गरेका थिए। उक्त भिडियोमा धेरैले उनलाई त्यसो नगर्न सुझाव दिए । यद्यपि, उनी आफ्नो निर्णयबाट पछि हटेनन् आत्महत्या गरी छाडे । उनले सार्वजनिक गरेको भिडियोमा आफुलाई केहि ब्यक्तिको नामै किटान गरि मान्सिक यातना दिएका कारण आत्महत्या गर्नु परेको बताएका छन।

यस बारेमा जिल्ला प्रहरी कार्यालय बारा संग बुझ्दा नितेशले आत्महत्या गरेको पुष्टि गरेको छ। कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले घटना बारे थप अनुसन्धान भैरहेको बताएका छन। उनले भने, “भिडियोमा हामीले पनि त्यहि देखेको छौ । यस विषयमा थप अनुसन्धान हुदै छ । अनुसन्धान पछि मात्रै केही भन्न सकिन्छ। घटना आजैको हो। “

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर