Monday, August 10, 2026

बाराबाट काठमाडौं जाँदै गरेको टाटा सुमोमा लागूऔषध फेला, चालक पक्राउ

कलैया, ०९ वैशाख। बाराको अमलेखगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमोबाट प्रहरीले लागूऔषध बरामद गरेको छ। अमलेखगन्जबाट काठमाडौंतर्फ जादै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नम्बरको सुमोलाई हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषध सहित पर्साको बहुदरमाई नगरपालिका-९ बस्ने २४ वर्षीय मुमताज मियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले सुमोलाई चेकजाँच गर्ने क्रममा सुमोको हुडको भागमा स्पेर टायर राखी सो टायर माथी र टायर भित्र प्वाल पारी लुकाई छिपाई राखिएको उक्त लागूऔषध फेला पारी सुमो चालक मुमताजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला अदालत मकवानपुरले मुम्ताजलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर