Monday, August 10, 2026

वार्ता गर्न गएको शिक्षक महासंघको टोली सिंहदरबार प्रवेश नगरी फर्कियो

कलैया, १२ वैशाख। वार्ताको लागी सिंहदरबार गएको नेपाल शिक्षक महासंघको टोली मन्त्रालय प्रवेश नगरी फर्किएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षामन्त्रीले बोलाएको वार्तामा नजाने बताएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरेको २५ सदस्यीय नामावलीमा आपत्ति जनाउँदै शिक्षक महासंघ मन्त्रीलाई नभेटेरै फर्किएको हो।

“शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली ने शि महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले फेसबुकमा लेखेका छन।

यस अघि हिजो मात्रै पदभार सम्हालेका शिक्षा मन्त्री रघुजी पन्तले आज बिहान सरकारको तर्फबाट वार्तामा आउन शिक्षक महासंघलाई आव्हान गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर