Monday, August 10, 2026

कलैयामा आज दिउँसो विद्युत सेवा अवरुद्ध हुने

कलैया, १४ वैशाख । बाराको कलैयामा विद्युत पोल स्थानान्तरणको काम हुने भएकाले आज केही घण्टा विद्युत सेवा अवरुद्ध रहनेछ।

नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका अनुसार संस्कार एफ.एम. क्षेत्रदेखि बरेवा दुर्गा स्कुलसम्म पोल सिफ्टिङ कार्य गरिनु पर्ने भएकाले भरत चौकबाट उत्तरतर्फ पर्ने क्षेत्रमा आइतबार दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ।

प्राधिकरणले सम्भावित असुविधाप्रति ग्राहकवर्गसँग क्षमायाचना गर्दै निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रयास भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर