Monday, August 10, 2026

प्रदेश सरकारको हस्तक्षेप सह्य छैन,स्थानीय तहको अधिकारलाई सम्मान गर्नुपर्छ: मेयर साह

कलैया, १५ वैशाख । बाराको कलैया उपमहानगर भित्रका निजी अस्पतालहरू पुनः सञ्चालन गर्न मेयर विनोद साहले निर्देशन दिएका छन्। शनिबार मुख्यमन्त्री सतीशकुमार सिंहको निर्देशनपछि बन्द गरिएका अस्पतालहरू आजदेखि पुनः खुलेका हुन्।

मेयर साहले उपमहानगरपालिकाको अधिकारमाथि प्रदेश सरकारले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए। उनले भने, “नेपालको संविधानले स्थानीय तहलाई तेस्रो सरकारको रुपमा अधिकार दिएको छ । १५ शैय्याभित्रका अस्पतालहरूको अनुमति दिने, संचालन गर्ने, व्यवस्थापन गर्ने र अनुगमन गर्ने अधिकार स्थानीय सरकारको हो। बिना समन्वय अस्पताल बन्द गराउनु गलत हो । प्रदेश सरकारले वा अन्य निकायले बिना प्रक्रिया अस्पताल बन्द गराउन सक्दैन।”

शनिबार मुख्यमन्त्रीको निर्देशनमा मापदण्ड विपरित भएको भन्दै कलैयास्थित केही अस्पतालहरू बन्द गरिएको थियो। यही विषयलाई लिएर मेयर साहले आज बिहान उपमहानगर अन्तर्गतका सबै निजी अस्पताल सञ्चालकहरूलाई बोलाएर बैठक गरेका थिए। बैठकमा उनले एक घण्टाभित्र सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए।

उनले भने, “यदि सेवा सञ्चालन नगरे अस्पतालको अनुमतिपत्र खारेज गरिन्छ।” साहले भने, “हाम्रो उपमहानगरले परीक्षणकालका लागि अनुमति दिएको हो। कुनै अस्पतालमा कमी कमजोरी देखिएमा प्रक्रिया अनुसार सच्याउने व्यवस्था हुन्छ। यति छिटो निर्णय लिनु गलत हो। हामी जनताको सहजताको पक्षमा छौं।”

उनले थप भने, “यदि कुनै अस्पतालमा मापदण्डको कमी देखिएमा प्रदेश सरकारले उपमहानगरपालिकालाई पत्राचार गरेर सुधार गर्न अनुरोध गर्न सक्थ्यो। सात दिन भित्र सुधार गर्न निर्देशन दिन मिल्थ्यो। तर बिना जानकारी अस्पताल बन्द गराउनु गलत हो।”

उपमहानगरपालिकाले निजी अस्पतालहरूलाई परीक्षणकालको अनुमतिपत्र दिएको हो र कुनै पनि कमी कमजोरी देखिएमा उपमहानगरलाई जानकारी गराई सुधारको मौका दिनु पर्ने मेयर साहले बताए । मेयर  साहले प्रदेश सरकारको अस्पतालको काम प्रति असन्तुष्टि व्यक्त गर्दै भने, “प्रदेश सरकारका अस्पतालमा कुनै ध्यान प्रदेशका अस्पतालमा ध्यान दिइएको छैन। कलैया अस्पताल लवारिस अवस्थामा परेको छ र त्यहाँको स्थिति नहेरी त्यसै गरी काम गर्न दिइएको छ।”

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर