Monday, August 10, 2026

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्’

काठमाडौं, १४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षकहरू माथी आज भएको दमनको बिरोध गरेकी छिन् ।

बिगत चैत २० देखी शान्तिपुर्ण आन्दोलनको क्रममा पहिलो पटक एक पत्रकारसहित ६३ जना शिक्षक घाइते हुने गरी भएको आन्दोलन प्रति एेक्यबद्ता जनाउँदै श्रेष्ठले सरकारको तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्न  अपिलसमेत गरेकी छिन् ।

उनले एक तस्विर राख्दै सामाजिक सञ्जाल एक्समा लेखेकी छिन् ।

शिक्षक साथीहरू,

जो नेताहरूलाई तपाईंहरूले बुइँमा चढाई-चढाई सबैतिर पुर्याउनुभयो, आज वहाँहरूले तपाईंहरू माथि गरेको दमनले वहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला।
सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि, तपाईंहरूलाई कसरी हेरिन्छ – अब त बुझ्नुस्।
पहिले देशको व्यवस्था परिवर्तन गर्न तपाईंहरूले विभिन्न काल खण्डमा योगदान दिनु भयो। तपाईहरुले व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न भने हामी अहिलेसम्म असफल देखिएका छौ।अब यो संस्कार परिवर्तन गर्न तपाईंहरू पनि शामेल हुनुस्।

यत्रो दिन आन्दोलनरत रहँदा समेत तपाईंहरूसँग राम्ररी न वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा नेगाेसियस गर्न सक्ने – तपाईंहरूको आत्मसम्मानमा लागेको चोटलाई पनि सम्झेर अब त मनन गर्नुहोस्, यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्।

अब पनि तपाईंहरूले सत्य र न्यायको पक्ष लिनुहुन्छ भने पार्टीको सदस्यता त्यागिदिनुहोस्।

अब तपाईंहरूले छान्ने बेला आयो। विधिसम्मत बस्नुहुन्छ कि, अझै पनि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायाँमा बसि रहनुहुन्छ ?

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर