Monday, August 10, 2026

विद्यालय नियमित सञ्चालन गर्न शिक्षकलाई बारागढी गाउँपालिकाको आग्रह

कलैया, १६ वैशाख । बाराको बारागढी गाउँपालिकाले पालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई विद्यालय नियमित सञ्चालनमा ल्याउन आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले एक सुचना जारी गर्दै विद्यार्थी भर्ना प्रक्रिया, पाठ्यपुस्तक वितरण र पठनपाठन अगाडि बढाउन आग्रह गरेका हुन

गाउँपालिका अध्यक्ष जयसवालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा विगत लामो समयदेखि शिक्षक कर्मचारीहरू विभिन्न आन्दोलनमा सहभागी हुँदै आएको जानकारी प्राप्त भएको छ।”

आन्दोलन लामो समयसम्म जारी रहेमा विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायत शैक्षिक कार्य प्रभावित हुने देखिएकोले विद्यालयहरू सञ्चालनमा ल्याउनु आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ।

सूचनामा थप भनिएको छ, “शिक्षक कर्मचारीहरूले आफ्ना जायज तथा संवैधानिक मागहरूलाई सरकारले समयमै सम्बोधन गर्ने विश्वास लिई विद्यालयमा उपस्थिति जनाई शिक्षण कार्य यथावत् राख्न अनुरोध गरिन्छ।”

गाउँपालिकाले विद्यमान समस्याको सम्बोधन गर्न नेपाल सरकारसमक्ष माग गर्दै शिक्षाको गुणस्तर र निरन्तरताका लागि विद्यालयमा सधैं उपस्थित हुन सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई विशेष अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर