Friday, July 24, 2026

दुबई पठाईदिन्छु भनि लाखौं ठगी गर्ने परवानीपुरका रौनियार बारा प्रहरीको नियन्त्रणमा

जीतपुर,१७ वैशाख : दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा परेका छन्।

परवानीपुर गाउँपालिका–३ का ४५ वर्षीय श्रवन साह रौनियारलाई पीडित आफैंले पक्राउ गरी प्रहरीमा बुझाएका हुन्।

श्रवनले जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका ६ जनाबाट प्लम्बर हेल्पर र इलेक्ट्रिसियन हेल्परमा दुबई पठाउने भन्दै जनही दुई लाख रुपैयाँका दरले रकम मागेका थिए।

पीडितहरूले बिभिन्न समयमा १० लाख ९० हजार रुपैयाँ बुझाएका थिए। उक्त रकम बुझाए पनि श्रवनले उनीहरूलाई विदेश पठाउने प्रक्रिया अघि नबढाई बरु फोन उठाउन छाडेका थिए। पछि उनले पीडितहरूलाई नक्कली भिसा कागजातसमेत दिएका थिए ।

पीडितहरूमा जीतपुरसिमरा–१३ का अशोक पासवान (२७),कृष्ण साह तेली (३१),अजय पासवान (२५),फत्तेपुर बजार टोल निवासी बलिराम हजरा (३६) र विजय माझी मुसहर (३३), तथा वडा नं.१६ बदाफर टोलका दिलिप माझी मुसहर (२४) रहेका छन्।

तीमध्ये अशोक पासवानले १ लाख १० हजार रुपैयाँ नपुग्दा आफ्नै मोटरसाइकल श्रवनको नाममा पास गर्न बाध्य भएका थिए। पीडितहरूको लगातारको प्रयासपछि उनीहरूले श्रवनलाई जीतपुरस्थित गढिमाई मन्दिर नजिकबाट समातेका थिए । पक्राउ परेपछि प्रहरीले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ ।

यता ठगीको आरोप लागेको श्रवन साह रौनियार पक्राउ परेको खबर थाह पाएपछि उनकै वडाका तीन जना आफुहरु पनि उनीसँग ठगीमा परेको भन्दै ईलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिन आएका छन् ।

उजुरी दिन आउँनेमा परवानीपुर गाउँपालिका वडा नं.२ बस्ने हाकिम हवारी,सुरेन्द्र साह र रामबाबु राम रहेका छन्। उनीहरुले ५ लाख ९० हजार रुपैया बिदेश जान भनी उनलाई दिएको आरोप लगाएका छन् । पक्राउँ परेका श्रवन साह ठगीपछि विभिन्न ठाउँ लुकीछिपी बस्दै आएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर