कलैया, १८ वैशाख । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको फेटा गाउँपालिका- ७ गमहरिया चौक नहर स्थित फेटा बाट मटिअर्वा तर्फ जादै गरेको बा ०१-०३० च १४२१ नम्बरको पिकअपले बिपरित दिशा बाट आउदै गरेको ना २ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अटो चालक सहित ८ जना सवार रहेकोमा २ जना घाईते भएका हुन । घाइते मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बिश्रामपुर गाउँपालिका- ५ ईटियाहि टोल बस्ने सुनिल पण्डितको छोरा बर्ष १३ को समर पण्डित रहेको प्रहरीले जनाएको छ । त्यस्तै चितवन खैरेनी गाउँपालिका- ६ पुलटोल बस्ने हरीशरण हजरा घाइते भएका छन ।
प्रहरीले अटो चालक कलैया उपमहागरपालिका- २० बसतपुर बस्ने बर्ष ५३ को अबुलयस मिया लाई नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै पिकअप चालक फरार रहेका छन । उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।