Monday, September 28, 2026

प्रलोभनमा पारी एक युवतीलाई भारत लैजादै गरेका युवक वीरगञ्जबाट पक्राउ

Advertisement
Advertisement

कलैया, १९ वैशाख । भारततर्फ एक युवतीलाई अवैध रूपमा लैजाँदै गरेका युवकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। वैशाख १७ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकैबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१ का २९ वर्षीय सुजन लामा भनिने पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता प्रहरी नायब उपरिक्षक सुवास भट्टले जानकारी दिएका छन। प्रहरीका अनुसार तामाङले एक युवतीलाई रोजगारीको लोभ देखाइ आफु साथ भारततर्फ लैजान लागेका थिए। प्रहरी टोलीले शंकास्पद अवस्थामा युवक र युवतीलाई रोकेको थियो।

प्रारम्भिक अनुसन्धानमा वीरगञ्ज नजिक कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने भनि प्रलोभनमा पारेर बेचबिखन गर्ने उद्देश्यले भारत लैजान लागेको देखिएको प्रहरी नायब उपरिक्षक भट्टले जानकारी दिएका छन।

उनलाई प्रारम्भिक अनुसन्धानपछि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर