25.7 C
Kalaiya

Sunday, September 14, 2025
spot_img
25.7 C
Kalaiya
Sunday, September 14, 2025

बारा: फल्स बटन बनाएर गाँजाको तस्करी, ट्याक्टरसहित ४ जना पक्राउ

spot_img
spot_img

कलैया, २० बैशाख। बारा प्रहरीले ट्याक्टरको ढालामुनि फल्स बटम बनाई प्लास्टिकले बेरिएको ठुलो मात्रामा अबैध लागुऔषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ।

Advertisement

बाराको आदर्शकोतवाल गाँउपालिका वडा नं ३ वातारा स्थित खेतमा पार्किङ गरि राखेको प्र. २-०३-००१ त ४८७६ नम्बरको ट्याक्टरमा लागुऔषध गाँजा लुकाई छिपाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको कमाण्डमा खटिएको प्रहरीको टोलीले १५ कार्टुनमा २२५ किलो अबैध लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो।

Advertisement

प्रहरीले पहिले ट्याक्टर चालक आदर्श कोतवाल गाउँपालिका वडा नं ३ वातारा बस्ने लक्ष्मी मुखिया बिनको छोरा ३० वर्षिय नन्दकिशोर मुखिया बिनलाई पक्राउ गरेपछि उनलाई सोधपुछको क्रममा थप ३ जना उक्त कार्यमा संलग्न रहेको खुल्न आएको थियो ।

Advertisement

त्यस पश्चात प्रहरीले बाराको कोल्हवी नगरपालिका स्थित रोज उड होटलको कोठा नं ३०३ बाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ४ बस्ने बिर बहादुर प्रजाको छोरा २१ वर्षिय कमाण प्रजा, मकवानपुरको कैलास गाउँपालिका वडा नं ४ देवतिस बस्ने बिर बहादुर प्रजा छोरा २४ वर्षिय सिताराम प्रजा र मकवानपुर कै बकैया गाँउपालिका वडा नं ५ छतिवन बस्ने पुर्ण बहादुर मगरको २२ वर्षिय छोरा नवराज मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरु माथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर