Monday, September 21, 2026

आदिल आलममाथिको प्रतिबन्ध फुकुवा, अब खेल्न पाउने बाटो खुला

Advertisement
Advertisement

कलैया, २२ वैशाख। नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी मोहमद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सन् २०७९ पुस ९ गते देखि भएको नेपाल टी–२० लिग प्रतियोगिताको क्रममा उनमाथि फिक्सिङको आरोप लागेपछि अनुशासनात्मक कारबाहीस्वरूप प्रतिबन्ध लगाइएको थियो। पछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपमा दाबी नपुग्ने भन्दै आदिललाई सफाइ दिएको थियो ।

नेपाल क्रिकेट संघले प्रेस विज्ञप्ति जारी गर्दै आलममाथि लागेको प्रतिबन्ध हटाउने निर्णय CAN Integrity Committee को सिफारिसमा गरिएको जनाएको छ । Integrity Committee ले आवश्यक छानबिनको प्रक्रिया पूरा गरेपछि प्रतिबन्ध फुकुवाको सिफारिस गरेको थियो।

अब आदिलले पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सक्ने क्यानले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर