Friday, July 24, 2026

बारामा हावाहुरीले रुख ढल्दा एक जना घाइते

कलैया, ०२ जेठ। बाराको कलैया उपमहानगरपालिका वडा नं वडा १० मटिअर्वा नाकामा हावाहुरीले पिपलको रुख ढलेपछि एकजना पुरुष गम्भीर घाइते भएका छन्।

भारतको आदापुरबाट घर फर्किरहेका बाराको महागढीमाई नगरपालिका वडा नं ४ गन्जभवानीपुर बस्ने नन्द जयसवालको छोरा अन्दाजी ३३ वर्षिय संजय जयसवाल रुखले च्यापिएर गम्भीर घाइते भएका हुन्।

जयसवाल चढेको बिआर ०६ एडब्लु ६७८१ नम्बरको मोटरसाइकल माथि रुख ढलेपछि उनी गम्भीर घाइते भएका हुन् । उनलाई भारतिय सिमा सुरक्षा बल, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले उद्दार गरेका थिए।

घाइते जयसवाललाई उपचारको लागि बाराको नौतन स्थित एल एस न्युरो अस्पतालमा लगिएको मटिअर्वा प्रहरी चौकीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर