Monday, August 10, 2026

बाल एकता कलेजद्वारा पूर्वप्रधानाध्यापक रुपेश स्वर्णकारको स्मृतिमा छात्रवृत्ति घोषणा

छात्रवृत्तिमार्फत रुपेश स्वर्णकारको योगदानलाई जीवन्त राख्ने प्रयास

कलैया, ०७ जेठ। बाल एकता सेकेन्डरी ईङग्लिस बोर्डिङ स्कुल +२ बिज्ञान तथा म्यानेजमेन्ट कलेजले पूर्वप्रधानाध्यापक रुपेश स्वर्णकारको स्मृतिमा “रुपेश स्वर्णकार छात्रवृत्ति” को घोषणा गरेको छ। उनको निधनको दोस्रो वार्षिक स्मृतिमा विद्यालयले यस छात्रवृत्तिको शुभारम्भ गरेको हो।

स्वर्णकार शिक्षाको क्षेत्रमा समर्पित, प्रेरणादायी र सबैका प्रिय थिए। उनको नेतृत्वमा विद्यालयले गुणस्तरीय शिक्षामा उल्लेखनीय प्रगति गरेको सम्झना स्वरुप विद्यालयले यो छात्रवृत्ति योजना अघि सारेको जनाएको छ। यस छात्रवृत्तिअन्तर्गत कक्षा ११ मा अध्ययन गर्न इच्छुक १० जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रबन्ध निर्देशक श्री सुमोध कुमार सर्राफले बारा अपडेटलाई जानकारी दिएका छन।

छात्रवृत्तिको लागि प्रवेश परीक्षामार्फत विद्यार्थीहरूको छनोट गरिने उनले बताए । परीक्षा मिति चाँडै सार्वजनिक गरिने कलेजले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर