Monday, August 10, 2026

अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी

काठमाडौं ।  वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुकुमपश्चिम त्रिवेणी गाउँपालिका-४ का ३० वर्षीय शक्ति खड्का रहेका छन्। काठमाडौं-१६ नयाँ बसपार्क बस्दै आएका खड्कालाई शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

खड्काले सोही ठाउँका एक युवाबाट ५५ लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए। लाखौं तलब हुने भन्दै रकम लिएर सम्पर्कविहीन भएपछि ती युवा प्रहरीमा पुगेका थिए।

जाहेरी परेपछि प्रहरीले खड्काको खोजी सुरू गरेको थियो। प्रहरीका अनुसार खड्कालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर