Tuesday, June 9, 2026

सडक सुरक्षा सप्ताह २०८२ : स्वास्थ्य परीक्षण र खुला रक्तदान कार्यक्रम सम्पन्न

spot_img

अभिनाश अधिकारी / सिमरा, १० जेठ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा आयोजना गरिएको सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह २०८२ को अवसरमा आज स्वास्थ्य परीक्षण र खुला रक्तदान कार्यक्रम गरिएको छ। शनिवार भएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्।

जितपुर सिमरा उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन शाखाद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा परवानीपुर गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन हेटौडा, यातायात कार्यालय कलैया, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, नगर उद्योग वाणिज्य संघ जितपुर, र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया लगायतका संस्थाहरूको सहयोग रहेको थियो।

कार्यक्रम अन्तर्गत आज ट्राफिक प्रहरीहरूले सडकमा गाडीहरू रोकेर सवारी साधनचालकहरूलाई र जनसमुदायलाई सडक सुरक्षाको महत्वबारे सचेत गराएका थिए।

“सडक हाम्रो जीवनमार्ग हो, यसलाई सुरक्षित राख्नु हाम्रो कर्तव्य हो। ट्राफिक नियम पालना गरौं, दुर्घटनालाई टाढा राखौं। ट्राफिक प्रहरी मात्र कानूनका रक्षक होइनन्, हाम्रो सुरक्षासहयोगी पनि हुन।” लगायत नारा लगाइएको थियो ।

ट्राफिक प्रहरीहरूले सामाजिक उत्तरदायित्व पुरा गर्न, हेलमेट लगाउन, सीटबेल्ट बाँध्न, र जेम्ब्रा क्रसको प्रयोग गर्न आग्रह गरे। “सडक अनुसासन जीवनमा सुरक्षा हो,” भन्ने सन्देश फैलाउँदै, उनीहरूले जिम्मेवार नागरिक बन्ने आह्वान गरे।

कार्यक्रमले सडक सुरक्षाका बारेमा जनचेतना फैलाउन र दिनप्रतिदिनको जीवनमा सुरक्षाको महत्वबारे सचेत गराउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर