Tuesday, June 9, 2026

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

spot_img

कलैया,१० जेठ । सर्लाहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। सर्लाहीको बागमति नगरपालिका-१ पानीटयाङ्की चोक स्थित पुर्व पश्चिम राजमार्गमा बागमतीबाट हरिवन तर्फ जादै गरेको ना ७ ख ६३९१ नम्बरको बालुवा लोड गरेको टिपरले बिपरित दिशा तर्फबाट आउँदै गरेको बा ६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार २१ वर्षीय मोहमद कैफ मिकरानीलाई उपचारका लागि एल एस न्युरो अस्पताल, बारामा ल्याइएको थियो। तर अस्पतालका चिकित्सकले चेकजांच गर्दा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। दुर्घटनामा अर्का घाइते सुमित यादवको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। टिपर चालक बागमती नगरपालिका-१२ बस्ने ३४ वर्षीय उदव मोक्तानलाई नियन्त्रणमा लिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर