Tuesday, June 9, 2026

झण्डै ४८ लाखको अबैध सामान सहित ट्रक बरामद

spot_img

सर्लाही, ११ जेठ । सर्लाही स्थित प्रहरी गस्ती टोलीले झण्डै ४८ लाख रुपैयाँको बिभिन्न किसिमका अबैध सामान सहित एउटा ट्रक बरामद गरेको छ।

आज आईतवार बिहान पौने ८ बजे बागमती नगरपालिका १२ स्थित ईलाका प्रहरी कार्यालय कर्मैयाबाट सई सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा  बुटवलबाट मोरङ तर्फ जाँदै गरेको प्र।३(०१(००५ ख ९४६० नम्बरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले  चेकजाँच गर्दा उक्त ट्रक ९डिबा० गाडीमा  ४७लाख, ९७हजार,५०१ रुपैया बराबरको जिरा पाउडर, कस्मेटिक, टायर, हेलमेट, मोटरपार्टसहरु, ब्याट्री, मेडिसिन, मेसिन,हार्डवेयर, किचेन सिंक लगायतका खुद्रा सामानहरुको प्रज्ञापन पत्र नभएको, कतिपय सामानहरुको भ्याट बिल नभएको बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले न्युज कारखानालाई बताए ।

कतिपय सामानको विलाबिजक नभएको र भएको बिल(बिजक पनी शंकास्पद देखिएकोले सामानहरु ट्रक सहित नियन्त्रणमा लिएर बिहान सावा ९ बजेको समयमा सामान सहित ट्रक आवश्यक कारवाहीको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ। न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर