30.4 C
Kalaiya

Saturday, September 13, 2025
spot_img
30.4 C
Kalaiya
Saturday, September 13, 2025

कलैयाका दुई उधोगलाई बारा प्रशासनले गर्यो जरिवाना

spot_img
spot_img

कलैया, ११ जेठ । जिल्ला प्रशासन कार्यालय बाराले बजार अनुगमनलाई निरन्तरता दिएको छ । “स्वच्छ र प्रतिस्पर्धाी बजार : उपभोक्ता संरक्षणको दिगो आधार” मुलनाराका साथ अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।

Advertisement

अनुगमनको क्रममा बाराको कलैया उपमहानगर – ६ कृषि बजार चौकमा रहेको प्रेम कुल्फी एण्ड आइसक्रीम उधोगमा इजाजत पत्र नभएको,आइसक्रीम लेवल नभएको,कारखाना फोहोर तथा सरसफाइ नभएको र मापदण्ड पुरा नरहेको भन्दै जरिवाना गरिएको भट्टराईले जानकारी दिए । उनका अनुसार प्रेम कुल्फी एण्ड आइसक्रीम उधोगलाई सत्तरी हजार रुपैयाँ जरिवाना गरिएको हो ।

Advertisement

त्यस्तै कलैया उपमहानगर -६ मा दर्ता बिना संचालित लक्की कुल्फी मलाई र प्रेम कुल्फी मलाई मंगलवार जिल्ला प्रशासन कार्यालय बारामा सम्पर्क गर्न आउनलाई निर्देशन समेत दिइएको सहायक प्रजिअ भट्टराईले जानकारी दिए ।

Advertisement

त्यसैगरी कलैया उपमहानगर -१८ मोतिसरमा संचालित खुश्बु पाउरोटी उधोगलाई एक लाख रुपैयाँ जरिवाना गरिएको उनले बताए । खुश्बु पाउरोटी उधोगले मापदण्ड पूरा नरहेको र पाउरोटी बनाउने कारखाना सरसफाइ नरहेको र भण्डारण अवस्था संतोषजनक नरहेको भन्दै उक्त उधोगलाई जरिवाना गरिएको हो ।

उक्त दुबै उधोगलाई सात दिन भित्र सम्पुर्ण कागजात प्रमाणपत्रसहित खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय बिरगंजमा उपस्थित हुने समेत निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा भएको अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालय बाराका कार्यालय प्रमुख देबेन्द्र कुमार झा, गुणस्तर तथा नापतौल कार्यालय बिरगंजका निरीक्षक हरिभजन त्रिपाठी ,बाणिज्य कार्यालय बिरगंजका प्रतिनिधि मधुरेश प्रसाद साह,खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय बिरगंजका प्रतिनिधि,जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतान र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक प्रकाश खड्का,उपभोक्ता हित संरक्षणका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर