Tuesday, June 9, 2026

सडकको अतिक्रमण हटाउँदै जीतपुरसिमरा उपमहानगर

spot_img

अभिनाश अधिकारी/ सिमरा,१२ जेठ । त्रिभुवन राजपथ अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने ६ लेन सडकमा पछिल्लो समय सडकपेटिमा अव्यवस्थित रूपमा गरिएको व्यापार, व्यवसाय, अस्थायी टहरा निर्माण तथा सडक अतिक्रमणले जनजीवन प्रभावित बनाउँदै आएको थियो। यस समस्यालाई सम्बोधन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले अमलेखगञ्ज क्षेत्र वडा नं. २१ र २२ मा कडाइका साथ अतिक्रमण हटाउने कार्य थालेको छ।

यस क्रममा नालामाथी बनाइएका अस्थायी संरचना, फुटपाथ अतिक्रमण, सार्वजनिक स्थलमा फोहोर थुपारिएको अवस्था, अनियमित सामान थुपारिएको ठाउँहरू हटाइएका छन्। साथै स्थानियहरूलाई सचेत बनाउँदै सडक सुरक्षाको महत्व र नागरिक कर्तव्य बारे जानकारी दिइएको छ।

नगर प्रहरी तथा सम्बन्धित निकायको सक्रियतामा जनचेतनामूलक कार्यक्रमको आयोजना गरी स्थानीय व्यापारी, चालक तथा नागरिकलाई सडक प्रयोगको नियम, अनुशासन र जिम्मेवारीबारे जानकारी दिइएको छ। यो अभियानले सार्वजनिक स्थानको मर्यादा कायम गर्दै, दुर्घटनाको जोखिम न्यूनीकरण तथा ट्राफिक प्रवाह सहज बनाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

जीतपुरसिमरा उपमहानगरपालिकाले ‘सफा, सुन्दर र सुरक्षित शहर’ निर्माणको अभियानलाई अझ प्रभावकारी बनाउन नगरवासी, व्यापारी वर्ग, ट्राफिक प्रहरी तथा सामाजिक संघसंस्थासँग सहकार्य गर्दै अघि बढिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर