Wednesday, June 10, 2026

नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

spot_img

कलैया, १६ जेठ। नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सकुशल उद्धार गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीमा गिट्टी बालुवा निकाल्न बनाइएको अस्थायी बाँध अकस्मात भत्किँदा उनीहरू नदीको टापुमा फसेका थिए ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण चितवनबाट खटिएको सशस्त्र प्रहरीको टोलिले बोटको सहायताले सबै जनालाई सुरक्षित रूपमा बाहिर निकालेको हो ।

यता गिट्टी बालुवा ओसार्न प्रयोग गरिएको एउटा टिपर भने बाँध भत्किएको स्थानमा डुबेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर