Friday, June 19, 2026

कलैयामा टिपरको ठक्करबाट एक बालिकाको ज्यान गयो

कलैया, १८ जेठ। बारामा टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। आइतबार दिउसो ३ बजे कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बालमन्दिर नजिकै बिरगंज बाट कलैया तर्फ आउदै गरेको ना.१ क ८०५६ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेकी एक बलिकालाई ठक्कर दिदा उनको मृत्यु भएको हो।

मृत्यु हुनेमा भारतको मोतिहारी आठ मुहान घर भई हाल कलैया उपमहानगरपालिका वडा नम्बर १ मोतिबाघ स्थित डेरा गरी बस्ने हरेराम साहको छोरी ७ वर्षीय सिवानी गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको आशिर्वाद अस्पताल कलैयामा सामान्य उपचार पश्चात थप उपचारको लागि एल.एस.न्युरो अस्पताल परवानिपुरमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन।

बालिकाको शव सोहि अस्पतालमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालक कलैया उपमहानगरपालिका वडा नम्बर १८ बस्ने ३७ वर्षीय सत्य नारायण साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर