39.4 C
Kalaiya

Friday, June 6, 2025
39.4 C
Kalaiya
Friday, June 6, 2025

spot_img

आईपीएल फाइनल अघि ‘अप्रेशन सिन्दूर’ थिममा विशेष कार्यक्रम हुने

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ,२० जेठ । आईपीएलको फाइनल खेल आज  अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ । पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलअघि समापन समारोह हुनेछ। जसको थिम ‘अपरेसन सिन्दूर’ राखिएको छ । हालै भारतले पहलगाम आक्रमणपछि चलाएको ‘अप्रेसन सिन्दुर’को थिममा आइपिएलको फाइनलअघि विशेष कार्यक्रम हुने भएको हो । यस कार्यक्रमका लागि भारतीय तीन सेनाका प्रमुखहरूलाई आमन्त्रित गरिएको उल्लेख गरिएको छ । सम्पूर्ण रंगशाला तिरंगा बत्तीहरूले सजाइनेछ ।

Advertisement
Advertisement

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव देवजीत सैकियाले भनेका छन्- ‘अपरेशन सिन्दूरको सफलता मनाउन हामीले सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, नौसेना प्रमुख एडमिरल दिनेश के. त्रिपाठी र वायुसेना प्रमुख एयर चिफ मार्शल अमर प्रीत सिंह लगायत अन्य सेवा प्रमुखहरू, अधिकारीहरू र सैनिकहरूलाई अहमदाबादमा आईपीएल फाइनल खेल हेर्न आमन्त्रित गरेका छौं ।’

Advertisement

समापन समारोहमा, प्रसिद्ध गायक शंकर महादेवनले आफ्ना छोराहरू सिद्धार्थ महादेवन र शिवम महादेवनसँग प्रस्तुति दिनेछन् । शंकरको प्रस्तुतिले अपरेसन सिन्दूरमा संलग्न बहादुर सैनिकहरूलाई सम्मान गर्नेछ र पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूलाई श्रद्धांजलि अर्पण गर्नेछन् । आइपिएलजारी रहेकै समयमा भारत र पाकिस्तानबीच तनाव भएपछि मे ८ मा, धर्मशालामा पञ्जाब-दिल्ली खेल बीचमा रोकिएको थियो । त्यसको भोलिपल्टै, बीसीसीआईले आईपीएल एक हप्ताको लागि स्थगित गर्यो ।

युद्धविरामको घोषणा पछि, बीसीसीआईले आईपीएलका बाँकी १६ खेलहरूको तालिका घोषणा गर्‍यो र मे १७ मा प्रतियोगिता पुनः सुरु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर