Friday, June 19, 2026

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

कलैया, २० जेठ। मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मलंगवा नगरपालिका–४ निवासी ३५ वर्षीय घनश्याम राय रहेको प्रहरीले जनाएको छ।

आज बिहान ना ४६ प २८२० नम्बरको मोटरसाइकलमा कटानीबाट कडरिया टोलतर्फ जाने क्रममा बरहथवा नगरपालिका–१७ कटानीमा पुलबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका रायलाई बरहथवामा प्राथमिक उपचारपछि बारामा रहेको एल.एस न्युरो अस्पताल लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर