Thursday, June 25, 2026

वीरगञ्जमा कार दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

कलैया, २५ जेठ। वीरगञ्जमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा स्थित रेनुका पेट्रोल पम्प नजि्कै गण्डकबाट बसपार्क तर्फ जादैँ गरेको बि आर ५५ बि ९१०४ नम्बरको भारतिय कार आफैँ अनियन्त्रित भएर डिभाईडरमा ठोकिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

दुर्घटनामा परि अन्दाजी ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको छ। त्यस्तै घाइते हुनेमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय गणेश सर्राफ, सोही स्थानका २० वर्षीय रतन सर्राफ र २१ वर्षीय बिटु सर्राफ रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरुको बारामा रहेको एलएस न्यूरो अस्पतालमा उपचार भैरहेको छ। घटना बारे आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर