Friday, June 26, 2026

घांटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

धनकुटा, ३१ जेठ । धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महालक्ष्मी नगरपालिरा ९ मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बु रहेका छन् ।

गत जेठ २१ गते मासु खाने क्रममा घाँटीमा मासु अड्किएर बिराट टिचिङ अस्पताल बिराटनगरमा  उपचार भइरहेकोमा उपचारको क्रममा सोही अस्पतालमा हिजो जेठ ३० गते बेलुका लिम्बुको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मृतकको पोष्टमार्टम लगायत अन्य कानूनी प्रकृया तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर