Live

विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

बाराको आदर्श कोतवाल गाउँपालिकाले तिर्यो किसानको १९ लाख कृषि विद्युत् महसुल
00:49
Video thumbnail
बाराको आदर्श कोतवाल गाउँपालिकाले तिर्यो किसानको १९ लाख कृषि विद्युत् महसुल
00:49
Video thumbnail
बाराको सिमरास्थित जगदम्बा स्टिलको भट्टीमा विष्फाेट, केही मजदुर घाइते
00:22
Video thumbnail
बारामा मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
00:38
Video thumbnail
#baraupdate #nepalpolice
01:38
Video thumbnail
बाराका प्रहरी प्रमुख सन्तोष तामाङ्ग
09:23
Video thumbnail
घुस लिदै गर्दा बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त हाकिम अख्तियारको फन्दामा | Bara Update | VIDEO |
01:06
Video thumbnail
गढिमाई मेलाको व्यवस्थापनको लागि मधेस सरकारले ५० लाख सहयोग गर्ने #baraupdate #news #ytshorts
00:44
Video thumbnail
आरजु राणालाई ज्ञानेन्द्र शाहीको पत्र
03:10
Video thumbnail
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध
01:05
Video thumbnail
बारामा २४० किलो लागु औषध गाजाँ सहित २ जना पक्राउ | Bara Police | Bara Update |
01:47
प्रतिक्रिया लेख्नुहोस्
29.2 C
Kalaiya
Saturday, July 5, 2025

spot_img

कस्तो छ आज देशभरको मौसम ?

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, १ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।

Advertisement
Advertisement

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक दुई स्थानमा भारी देखि धेरै भारी बर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Advertisement
Advertisement

राती भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी बर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको धेरै स्थानहरू लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी बर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर