Thursday, June 4, 2026

बालिकालाई बलत्कार गरी हत्या गर्ने खानलाई जन्मकैद, ८ लाख जरिवाना 

spot_img

गुल्मी, ०५ असार। एउटी बालिकालाई बलत्कार गरी हत्या गर्ने बाँकेका एकजनालाई गुल्मी जिल्ला अदालतले जिवित रहेसम्म जन्मकैदको सजाय सुनाएको छ।

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुरमा बालिकालाई बलात्कार गरी हत्यामा संलग्न बाँकेको खजुरा गाउँपालिका वडा नं ४ का २३ वर्षीय रहिस खानलाई अदालतले जीवित रहेसम्म जन्मकैदको फैसला सुनाएको हो।

बिस २०७९ साल कात्तिक १६ गते स्थानीय १५ वर्षिय बालिकालाई बलात्कारपछि हत्या गरी खानले शव खोलामा फालेका थिए। घटनाको एक दिनपछि कार्तिक १७ गते बालिकाको शव हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा फेला परेको थियो। त्यसपछि स्थानीयवासीले बलात्कारपछि हत्या गरिएको आशंका गर्दै प्रदर्शन तथा विरोध गरेका थिए।

बालिका श्रीलंकाटोलस्थित आमासँग भाडाको घरमा बस्दै आएकी थिइन्। उनी घटनाको अघिल्लो दिनदेखि सम्पर्कविहीन थिइन्। घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले खानलाई पक्राउ गरी जिल्ला अदालत गुल्मीमा पेश गरेको थियो।

अदालतले प्रमाणको आधारमा खानलाई दोषी ठहर गर्दै बलात्कार अभियोगमा १४ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ। यो फैसला मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) र दफा ३ (क) र (ख) को आधारमा गरिएको हो।

यस्तै, कर्तव्य ज्यान अभियोगमा जीवित रहेसम्म जन्मकैद र ३ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला अदालतले गरेको छ। यो फैसला मुलुकी अपराध संहिता २०७४ को दफा १७७ उपदफा (१) र दफा ४१ बमोजिम गरिएको हो।

दफा २२८ र १८६ अनुसार पीडित परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरिएको छ। फैसलापछि पीडित परिवारसहित शान्तिपुरका स्थानीयवासीले राहत महसुस गरेका छन्।

खान बाँकेबाट गुल्मीको मदरसामा पढाउन गएका थिए भने जघन्य अपराधमा उनी जाेडिएपछि कारबाहीका लागि स्थानीयले प्रहरीलाई साथ दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर