Friday, June 26, 2026

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्वारा खुसी ब्यक्त

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थको स्रोत फेला परेको खबरले आफूलाई खुसी बनाएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीले यस अघि आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका हुन ।

‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए,’ ओलीले लेखेका छन, ‘११२ अर्ब घनमिटर ग्याँस रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो।’ उनको यो अभिव्यक्तिसँगै दैलेखको भूमिगत ग्यासबाट नेपाल ऊर्जा–स्वावलम्बनको दिशामा अघि बढ्न सक्ने सन्देश दिएको छ।

यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ विशेषज्ञ टोलीसहितको सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो। तर त्यसलाई तत्कालीन सरकारका आलोचकहरूले ‘अवास्तविक सपना’ भन्दै प्रश्न गरेका थिए।

हालै सार्वजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार दैलेख क्षेत्रमा ठुलो मात्रामा प्राकृतिक ग्याँस भएको पुष्टि भएको छ । विज्ञहरूले यसमा अझै विस्तृत परीक्षण आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर