18.9 C
Kalaiya

Sunday, December 7, 2025
spot_img
18.9 C
Kalaiya
Sunday, December 7, 2025

फेटा गाउँपालिकाद्वारा ४० करोड ९ लाख भन्दा बढीको बजेट सार्वजनिक

spot_img
spot_img

कलैया,०६ असार । बाराको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४० करोड ९ लाख २२ हजार ३४४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रवार सम्पन्न गाउँपालिकाको १६ औं गाउँसभाबाट गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।

Advertisement

बजेटमा शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। सार्वजनिक बजेट अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ९ करोड ७१ लाख, सशर्त अनुदान १४ करोड ४५ लाख, समपूरक अनुदान ८४ लाख, राजस्व बाँडफाँट ८ करोड ३८ लाख ३९ हजार ८६४ र विशेष चालु अनुदान ७२ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ।

Advertisement

प्रदेश सरकारबाट समानीकरण अनुदान ६७ लाख ५८ हजार, सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख र सवारी साधन राजस्व बाँडफाँट ५१ लाख २४ हजार ४८० रुपैयाँ प्राप्त हुने जनाइएको छ। यस्तै, गाउँपालिकाको आन्तरिक आम्दानी स्रोतबाट १ करोड रुपैयाँ जुटाइने उल्लेख गरिएको छ।

Advertisement

गाउँपालिका का अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष निलम साह,वडा अध्यक्ष,गाउँ कार्यपालिका सदस्य,कर्मचारी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर