30.6 C
Kalaiya

Thursday, September 11, 2025
spot_img
30.6 C
Kalaiya
Thursday, September 11, 2025

दुई फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रणमा

spot_img
spot_img

कलैया, ११ असार। बारा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कर्तव्य ज्यान र ठगी मुद्दाका फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाएका छन्।

Advertisement

प्रहरी कारवाहीको सिलसिलामा खटिएको प्रहरी टोलीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो। फरार रहेका उनीहरुलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका वडा नं. १३ निवासी ४० वर्षीय गजेन्द्रप्रसाद यादवलाई बसतपुर प्रहरी चौकीले पक्राउ गरेको हो।

Advertisement

त्यस्तै अस्थायी प्रहरी पोष्ट चरमोहनाले ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।  सुवर्ण गाउँपालिका वडा नं. ८ निवासी ५२ वर्षीय राजकुमार पंडितलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर