कलैया, ११ असार। रौतहटमा सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १० स्थित बिनुवा टोलमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । मृत्यु हुनेमा गरिमा साहका एक वर्षिय छोरा रञ्जे साह र जगदीश साहकी एक वर्षिया छोरी खुश्बु साह रहेको प्रहरीले जनाएको छ ।
दुबैजना खेल्ने क्रममा मंगलबार राती ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टी ट्यांकीमा खसेका थिए । त्यसपश्चात उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।