Friday, August 14, 2026

एसईईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

Advertisement
Advertisement Advertisement

कलैया, १२ असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत २०८१ चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिएका छन।

दुई सिफ्टमा तीव्र गतिले काम भैरहेको र अहिले नम्बर इन्ट्री गर्ने, रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक भट्टराईले जानकारी दिए। उनका अनुसार असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ।

एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर