Friday, June 26, 2026

३ सय १९ किलो चरेशसहित पर्साबाट एक जना पक्राउ

कलैया, १२ असार। पर्साबाट ठुलो परिमाणमा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन। पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २१ स्थित परवानीपुर चोकबाट गएराति ३ सय १९ किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिएका छन। जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन।

काठमाडौंबाट वीरगंज तर्फ आउदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट १३ पोकामा रहेको ३ सय १९ किलो चरेस बरामद गरिएको मिश्रले जानकारी दिए। चरेससहित ट्रक चालकलाई समेत प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ का ३६ वर्षीय बुद्धि बहादुर स्याङ्तान रहेको प्रहरी उपरिक्षक मिश्रले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन।

पक्राउ परेका स्याङ्तानको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको मिश्रले जानकारी दिए। उनलाई पक्राउ गरी जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर