33.4 C
Kalaiya

Saturday, June 28, 2025
33.4 C
Kalaiya
Saturday, June 28, 2025

spot_img

बाराको पचरौता नगरपालिकाले तिरिदियो किसानको कृषि विद्युत् महसुल

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १३ असार। बाराको पचरौता नगरपालिकाले किसानको कृषि विद्युत् महसुल तिरिदिएको छ । नगरपालिका भित्र किसानले सिँचाइ प्रयोजनको लागी जडान गरेका कृषि मिटरको विद्युत महसुल पालिकाले भुक्तानी गरिदिएको हो।

Advertisement
Advertisement

शुक्रवार नगर प्रमुख जलन्धर सिंहले आफ्नै कार्यकक्षामा नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ बितरण केन्द्रका प्रमुख तैय्यब अंसारीलाई ४७ लाख ६४ हजार ६ सय २० रुपैयाँको चेक हस्तान्तान्तरण गरेका हुन्।

Advertisement

कृषि क्षेत्रलाई अघि बढाउन र ग्रामीण क्षेत्रको सन्तुलित विकास गर्नका लागि चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न बाँकी रहेको विद्युत महसुलको रकम बुझाएको नगरप्रमुख सिंहले जानकारी दिएका छन। आगामी दिनहरूमा पनि कृषकहरूको हितका लागि आवश्यक पहलहरू गरिने उनले बताए।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर