Friday, June 26, 2026

बाराको पचरौता नगरपालिकाले तिरिदियो किसानको कृषि विद्युत् महसुल

कलैया, १३ असार। बाराको पचरौता नगरपालिकाले किसानको कृषि विद्युत् महसुल तिरिदिएको छ । नगरपालिका भित्र किसानले सिँचाइ प्रयोजनको लागी जडान गरेका कृषि मिटरको विद्युत महसुल पालिकाले भुक्तानी गरिदिएको हो।

शुक्रवार नगर प्रमुख जलन्धर सिंहले आफ्नै कार्यकक्षामा नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ बितरण केन्द्रका प्रमुख तैय्यब अंसारीलाई ४७ लाख ६४ हजार ६ सय २० रुपैयाँको चेक हस्तान्तान्तरण गरेका हुन्।

कृषि क्षेत्रलाई अघि बढाउन र ग्रामीण क्षेत्रको सन्तुलित विकास गर्नका लागि चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न बाँकी रहेको विद्युत महसुलको रकम बुझाएको नगरप्रमुख सिंहले जानकारी दिएका छन। आगामी दिनहरूमा पनि कृषकहरूको हितका लागि आवश्यक पहलहरू गरिने उनले बताए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर