20.7 C
Kalaiya

Thursday, October 30, 2025
spot_img
20.7 C
Kalaiya
Thursday, October 30, 2025

आज २०८२ साल असार १५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

spot_img
spot_img

आजको राशीफल :

Advertisement

मेष: आज सफल यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। माया प्रेममा सामीप्यता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। आस्था बढेर जानेछ तर साँझमा पैसा खर्च हुने चोटपटकको भय छ। सचेत रहनुहोला।भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ४९, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।

Advertisement

वृष: आज माया प्रेममा धोका हुन सक्छ। एकोहोरो माया प्रेमले सताउनेछ। आर्थिक कारोबारमा मन्दी आउनेछ। मनमा दुबिधा उत्पन्न होला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्‍याउनुहोला।भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

Advertisement

मिथुन: आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। सामाजिक र राजनैतिक चिन्तन बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। सवारी साधन खरिद गर्ने योजना बन्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।भाग्यशाली रङ सेतो र अङ्क ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ। प्रणयसम्बन्ध प्रगाढसमेत हुने समय छ। रमणीय र सुखद् यात्राको योग पनि छ।भाग्यशाली रङ पहेँलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ।भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७१, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।

कन्या: आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ७५, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

तुला: आज रमणीय र सुखद् यात्राको योग छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक: आज दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। विलासी वस्तुको प्रयोग गर्न पाइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

धनु: आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कार्य सम्पादनमा सहजता मिल्नेछ।भाग्यशाली रङ पर्पल र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।

मकर: सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छल कपट नगर्ने।

कुम्भ: महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ। शेयर बजारबाट राम्रो सफलता मिल्ला। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्।भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मीन: आज रमाइलो यात्राको योग रहेको छ। पुनर्मिलनको योग पनि रहेको छ। अध्ययन अध्यापन सफल रहनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!