Friday, June 26, 2026

कलैयामा लैङ्गिक तथा समावेशीकरण नीति कार्यान्वयन योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न

साजिर मन्सूर/ १६ असार, कलैया । बाराको सदरमुकाम कलैयामा लैङ्गिक तथा समावेशीकरण नीति कार्यान्वयन योजना निर्माणसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीमा कलैया उपमहानगरपालिकाका जनप्रतिनिधि, सरकारी कर्मचारी, नागरिक समाजका प्रतिनिधि, पत्रकार तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यशालाको उद्देश्य लैङ्गिक समानता र समावेशीतालाई संस्थागत गर्दै व्यवहारिक कार्ययोजना निर्माण गर्नु रहेको आयोजक संस्था टेवा को कार्यक्रम सम्योजक रुपा उदासले जानकारी दिईन ।

सहभागीहरूले आफ्नो अनुभव, समस्या तथा सल्लाह प्रस्तुत गर्दै नीति कार्यान्वयनका लागि प्रभावकारी उपायहरूमा छलफल गरेका थिए। कार्यक्रममा बोल्दै सम्बद्ध निकायका प्रतिनिधिहरूले नीति निर्माण मात्र पर्याप्त नभई त्यसको कार्यान्वयनमा स्थानीय तहको सक्रियता र समन्वय अत्यावश्यक रहेको बताए। गोष्ठीको अन्त्यमा कार्यान्वयन योग्य योजना तयार गरी सम्बन्धित निकायलाई प्रस्तुत गर्ने निर्णय गरिएको थियो।

कार्यशाला टेवाको आयोजनामा तथा कलैया उपमहानगरपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखाको पहलमा आयोजना गरिएको हो। गोष्ठीमा सहजीकरण रत्न बज्राचार्यले गरेका थिए ।

नगर उप प्रमुख रौषन प्रविणको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा अध्यक्षहरु,विभिन्न शाखाका प्रमुख,जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी निरीक्षक बलराम महिला संजाल बाराको अध्यक्ष बबिता जयस्वाल,ओसिएमसीको सम्पर्क ब्यक्ति अनिता जयस्वाल,महिला अधिकारकर्मी निभा सिंह सहितकाको उपस्थिति रहेको स्थानिय साझेदार संस्था ग्रामिण उत्थान अभियानका सन्स्थापक मुकदम अन्सारीले जनाएका छन ।

सोही अवसर पारेर अन्तर पुस्ता महिलाबादी मन्च द्वारा आयोजित अनुपम अभियान बर्ष ३ (२०२५) अन्तरगत हस्ताक्षर संकलन समेत गरिएको समृद्ध अभियानकी अध्यक्ष लिला चौधरीले जानकारी गराईन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर