कलैया, १६ असार। बारा प्रहरीले विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका १२ जना प्रतिवादीहरूलाई मुद्दामा आइतवार एकैदिन पक्राउ गरेको छ ।
असार १५ गते खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकीछिपी बसेका १२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरु लागुऔषध गाँजासँग सम्बन्धित मुद्दा, बैदेशिक रोजगारी सम्बन्धी ठगी, वहुविवाह, सरकारी छाप कीर्ते, ज्यान मार्ने उद्योग, बैंकिङ कसुर, मानव बेचबिखन, र लेनदेन जस्ता विविध आपराधिक मुद्दामा संलग्न रहेका छन ।
पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत बारा तथा सम्बन्धित कार्यालयमा आज उपस्थित गराईएको बारा प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए ।