Saturday, August 15, 2026

बारामा चोरी गरेको मोटरसाइकल सहित ३ जना पक्राउ

Advertisement
Advertisement Advertisement

कलैया, १७ असार । बारा प्रहरीले ५ वटा मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ। विभिन्न मिति, समय र स्थानबाट हराएको मोटरसाइकल खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बारा तथा ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीको टोलीले खोज तलास गर्दै जाँदा ५ वटा मोटरसाईकलहरू सहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका वडा नं १ कोल्हबी २१ वर्षिय राहुल बि.क. त्यही बस्ने २३ वर्षिय अर्जुन खवास र २३ वर्षिय मुस्कान चौधरी रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

उनीहरूको साथबाट प्र.२-०३-००६ प ६५१५ नम्बरको होण्डा मोटरसाइकल, ना. ४८ ५. ६९७० नं. को टिभिएस कम्पनीको मोटरसाईकल, बा. ९४ प. २१४६ नम्बरको बजाज कम्पनीको पल्सर, ना. ६५ प. ८८६० नम्बरको टिभिएस कम्पनीको मोटरसाइकल र प्रदेश २-०३-००५ प ६२२६ नं.को टिभिएस कम्पनीको मोटरसाइकल बरामद भएको बारा प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई बारा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर