Friday, June 26, 2026

प्रलोभन देखाई वेश्यावृत्ति गराउने कलैयाका एक जना पक्राउ

कलैया, १७ असार । पर्सा प्रहरीले दुई जना दिदी बहिनीलाई विभिन्न प्रलोभन देखाई वेश्यावृत्ति गर्न लगाउने कलैयाका एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं १२ बस्ने २९ वर्षिय पवन कुमार साह रहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

वीरगन्ज महानगरपालिका वडा नं १५ भिस्वामा भारतबाट आएका दुई जना दिदी बहिनी परिवर्तित नामथर ३४ जिल्ला २०८१/०८२ भारत (१) र निजकै बहिनी ३४ जिल्ला २०८१/०८२ भारत (६) लाई वीरगन्जमा खाना लगाउन तथा पैसा दिने प्रलोभन देखाई होटल तथा लजमा वेश्यावृत्ति गराई सोबाट आएको रकम नदिएपछि दिदी बहिनीहरुले प्रहरीलाई सुचना दिएका थिए । सोहि सुचनाको आधारमा प्रहरीले साहलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनालाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर