30 C
Kalaiya

Thursday, July 3, 2025
30 C
Kalaiya
Thursday, July 3, 2025

spot_img

आज २०८२ साल असार १८ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

spot_img
spot_img
spot_img
Advertisement

आजको राशिफल :

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । तर, ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला ।

Advertisement
Advertisement

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा समस्याको सामाना गर्नुपर्ला । गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागिरमा सम्मान पाइनेछ ।व्यापारमा गरेको लगानी सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदी बहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा हौसला बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च बढ्ने, गलत विचार बढ्ने, विवाद बढ्ने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुन दिने छ । पीडा दिनेहरु सक्रिय रहलान्, व्यर्थको खर्च हुनेछ । खर्च घटाउने प्रयास गर्नु होला, खानामा पनि एकदमै सावधान रहनु होला । रोग लाग्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अधुरा कामहरु बन्ने, अरुको विश्वास आफूतिर रहने, आफन्तहरुको उचित सहयोग मिल्ने छ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ, नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ, अन्न लाभ पनि होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामान्य नै रहला । आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु पनि सजिलैसँग बन्ने छन् । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइ लेखाइमा ध्यान दिन नसकिएला । साथै रुपैँया पैसाको पनि नाश हुने दिन छ, विचार गर्नुहोला । घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रशस्त हुनेछन्, साथै अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नोकरी तथा राजनीतिमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ, रुपैँया पैसाको लेनदेन पनि खासै राम्रो छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यापारमा धन लाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भेटघाट पनि होला । नँया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ, आर्थिक लाभ पनि होला ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर