Friday, June 26, 2026

करेन्ट लागेर एक जनाको मृत्यु

कलैया, १९ असार। रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको बिहिबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन।

खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको रायले जानकारी दिए।

मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर