Friday, June 26, 2026

पत्रकार महासंघ मधेश प्रदेश समितिको नयाँ कार्यालयको उद्घाटन

साजिर मन्सूर/ जनकपुर, २१ असार। नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको नयाँ कार्यालय उद्घाटन भएको छ। प्रदेशको राजधानी जनकपुरधाम स्थित भानु चोकमा स्थापना गरिएको सो कार्यालयको उद्घाटन आज एक कार्यक्रमका बीच भङहा नगरपालिकाका मेयरले रिबन काटेर गरेका हुन । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सञ्चारकर्मीहरू र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यालयको उद्घाटन गर्दै मेयर साहले देशको हरेक परिवर्तनमा पत्रकारको अतुलनीय योगदान रहेकाले सबै जनप्रतिनिधिले वहाहरुको संगठनका लागि आवस्यक सहयोग गर्नुपर्नेमा जोड दिएका छन ।

सहभागीहरुले कार्यक्रममा पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको हकहितका विषयमा वक्ताहरूले महत्वपूर्ण मन्तव्य व्यक्त गरे। नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका अध्यक्ष तथा अन्य पदाधिकारीहरूले प्रदेशस्तरको सञ्चार क्षेत्रको सुदृढीकरण तथा पत्रकारहरूको पेशागत हितका लागि यो कार्यालय महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे। कार्यक्रममा नयाँ कार्यालयबाट आगामी दिनमा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तालिम, सूचना प्रवाह र पत्रकार हितका विविध कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिइएको थियो।

प्रदेश अध्यक्ष श्याम बन्जाराको अध्यक्षता तथा भङहा नगरपालिका का मेयर सन्जिव साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रामप्रसाद दहाल,बरिस्ठ पत्रकार रामभरत साह,नेपाल प्रहरीका डिआईजी उमा प्रसाद चतुर्वेदी,ससस्त्र प्रहरीका डिआईजी कृष्ण ढकाल,सल्लाहकार राजेश कर्ण,केन्द्रिय सदस्य सिकेन्द्र पास्वान,केन्द्रिय सदस्य राजु बिश्वकर्मा,नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता,सप्तरी अध्यक्ष श्रवन कुमार देव,बारा अध्यक्ष रमेश सुवेदी,मुख्य मन्त्री का प्रेस सल्लाहकार अवधेश झा,प्रेस युनियन मधेस प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ सहितकाको उपस्थिति रहेको थियो । कार्यक्रमा उपस्थित प्रमुख अतिथि बिशिस्ट अतिथि तथा अतिथिहरुलाई प्रदेश सदस्य साजिर मन्सूरले फुल माला तथा खादा लगाएर स्वागत गरेका थिए । महासचिव शैलेन्द्र महतो क्रान्तिले सन्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष अम्बिका दहालले गरेकी थिईन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर