20.7 C
Kalaiya

Thursday, October 30, 2025
spot_img
20.7 C
Kalaiya
Thursday, October 30, 2025

आज २०८२ साल असार २२ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

spot_img
spot_img

आजको राशिफल : 

Advertisement

मेष: मनमा हर्ष, उमंग र उत्साह छाउनेछ। शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। वैदेशिक क्षेत्रका कामहरू अघि बढ्नेछन्। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। पुँजी बजारबाट राम्रै धन लाभ मिल्ला।भाग्यशाली रङ निलो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१, शिक्षामा ६६, स्वास्थ्यमा ५७ र यात्रामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी सम्पूर्ण भाग्यांक ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। छलकपट नगर्ने।

Advertisement

वृष: आज रोकिएका काम सम्पादन हुने योग छ। नयाँ कार्यको योजना बन्नेछ र नयाँ ज्ञान तथा सीप सिक्ने मौका मिल्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ तर स्वास्थ्यप्रति बढी सजगता अपनाउनु पर्ने देखिन्छ।भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९, शिक्षामा ६४, स्वास्थ्यमा ७५ र यात्रामा ५२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

Advertisement

मिथुन: आज लाभदायक यात्रा रहनेछ। गोपनीय ढंगले गरिएका क्रियाकलापमा सफलता प्राप्त हुनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ भने विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योगसमेत रहेको छ।भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८, शिक्षामा ६४, स्वास्थ्यमा ७२ र यात्रामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रंगको प्रयोग नगर्ने।

कर्कट: कर्कट राशिका व्यक्तिहरूले आज आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्नेछ। मनमा दुविधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। स्वरोजगारका लागि दौडधुप गर्नुपर्नेछ भने आर्थिक कारोबारमा विवाद आउन सक्ने भएकाले सचेत रहनुपर्ने देखिन्छ।भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ५१, शिक्षामा ४३, स्वास्थ्यमा ३९ र यात्रामा ४१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी सम्पूर्ण भाग्यांक ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

सिंह: आज आँटेको र ताकेको कार्य पूरा होला। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ। प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। रोकिएका काम पुनः सुरु हुन सक्छन्।भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७, शिक्षामा ६८, स्वास्थ्यमा ७९ र यात्रामा ५० प्रतिशत सफलता मिल्नेछ।यसैगरी सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रंगको प्रयोग नगर्ने।

कन्या: आज रोकिएका काम पुनः सुरु हुनसक्छ। जीवनसाथीको सल्लाहमा गरिएका कार्यबाट अधिक सफलता मिल्नेछ। यद्यपि स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। सेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट अधिक फाइदा मिल्ने सम्भावना रहेको छ।भाग्यशाली रङ आकाशे र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१, शिक्षामा ६९, स्वास्थ्यमा ७७ र यात्रामा ५६ प्रतिशत सफलता मिल्नेछ।यसैगरी सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला: आज दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ। नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन्। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय पनि छ।भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७७, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७२, शिक्षामा ५२, स्वास्थ्यमा ६६ र यात्रामा ५१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी सम्पूर्ण भाग्यांक ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

वृश्चिक: आज आलस्य तथा थकानको अनुभूति हुनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। घरायसी झमेलामा परिनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित होला। प्रेममा बाधा पनि हुनसक्छ तर वैदेशिक कार्य अघि बढ्नेछ।भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७, शिक्षामा ४८, स्वास्थ्यमा ६६ र यात्रामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। आज कालो रंगको प्रयोग नगर्ने।

धनु: आज लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्ने र दाम्पत्य सुख मिल्नेछ। साँझमा भने कलहको योग भएकाले कसैसँग भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ।भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ३८, शिक्षामा ६१, स्वास्थ्यमा ७२ र यात्रामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

मकर: आज रमणीय र सुखद् यात्राको योग छन्। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ तर अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।भाग्यशाली रङ सेतो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८, शिक्षामा ५२, स्वास्थ्यमा ७१ र यात्रामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी सम्पूर्ण भाग्यांक ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। आज कालो रंगको प्रयोग नगर्ने।

कुम्भ: आज चिताएको कामले तीव्रता लिनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। सेयर बजारबाट बढी लाभ मिल्नेछ। शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला तर प्राविधिक र वैदेशिक कामहरू भने रोकिनसक्छ।भाग्यशाली रङ पर्पल र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७, शिक्षामा ६७, स्वास्थ्यमा ७१ र यात्रामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्। सामाजिक कार्यबाट सफलता मिल्नेछ । आर्थिक क्षेत्र र सेयर बजारबाट राम्रै फाइदा मिल्नेछ। भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४८, शिक्षामा ३६, स्वास्थ्यमा ४२ र यात्रामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी सम्पूर्ण भाग्यांक ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!