Friday, June 26, 2026

जीतपुरसिमरा उपमहानगरको नगरसभा असार २५ गते

कलैया, २२ असार। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा असार २५ गते हुने भएको छ। उपमहानगरले एक सुचना जारी गर्दै असार २५ गते बुधबार बिहान ९ बजे होटल क्लासिक प्लाजा, सिमरामा १२ औं नगरसभाको दोस्रो बैठक बस्ने जनाएको छ ।

नगरसभामा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम, अनुमानित आयव्यय सहितको बजेट र विनियोजन विधेयकहरु छलफल तथा स्वीकृत गर्ने कार्यसुचि रहेको उपमहानगरले जनाएको छ ।

यस अघि उपमहानगरको नगरसभाको पहिलो बैठक असार ९ गते ६ मिनेट बसेर स्थगित भएको थियो। उपमहानगरले दोस्रो बैठक असार १८ गतेको लागी बोलाए पनि बैठक नै नबसी स्थगित भएको थियो।

बारामा रहेको अन्य स्थानीय तहले बजेट प्रस्तुत गरिसकेका छन भने बजेट बाँडफाँटमा सहमति जुट्न नसकेपछि जीतपुरसिमरा उपमहानगरको नगरसभा बारम्बार स्थगित भैरहेको छ।

May be an image of ticket stub and text

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर